उपल्लो तहका नेता र व्यापारी किन पक्राउ पर्दैछन् ? सरकारका दुई बाध्यता
shilapatra.com · Tue Jun 23 07:29:00 GMT 2026

सुर्खेतमा पार्टी कार्यकर्ताहरूसँग एमाले पुनगर्ठनको विषयमा छलफल गर्दै थिए–उपाध्यक्ष विष्णु पौडेल । उनी एमालेभित्र अध्यक्ष केपी ओलीको विकल्प खोज्नुपर्ने लाइनमा उभिएका थिए । खासगरी, २३ र २४ भदौको जेन–जी विद्रोहपछि उनी ओलीसँग असहमत देखिन्थे । तर, विरोध गर्ने हैसियत देखाएका थिएनन् । त्यहीकारण मंसिर २०८२ को एमाले महाधिवेशनमा ओलीकै लाइनमा उभिएर पौडेल उपाध्यक्ष भए । तर, २१ फागुन २०८२ मा एमालेको शर्मनाक पराजयपछि भने पौडेलले पार्टीभित्र असन्तुष्टि पोखेका थिए । तर, उनी बाहिर मुखर हुन सकेका थिएनन् ।
पछिल्ला दिनमा निरन्तर ओलीको विकल्प खोज्नुपर्ने लाइनमा उभिएर पार्टी नेता कार्यकर्तासँग संवाद गरिरहेका थिए । पार्टीभित्र दबाब बढेका कारण ओली पनि पुनगर्ठनको विषयमा छलफल गर्न तयार भएका थिए । र, उपाध्यक्ष रामबहादुर थापा 'बादल'को नेतृत्वमा कार्यदल बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह
दिलभूषण पाठक
नेपाल प्रहरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
विष्णु पौडेल
छवि रिजाल
छविलाल जोशी
काठमाडौँ