सप्तरीमा चट्याङ लागेर महिला घाइते
gorkhapatraonline.com · Tue Sep 15 06:43:54 GMT 2026

सप्तरीको कञ्चनरुप नगरपालिका–११, भुवनपट्टीमा चट्याङ लागेर ४५ वर्षीया दुखनीदेवी विश्वकर्मा घाइते हुनुभएको छ ।
मङ्गलबार बिहान भीषण वर्षासँगै परेको चट्याङले घरअगाडिको सडकमा बसिरहनुभएकी विश्वकर्मालाई घाइते बनाएको हो । चट्याङ लागेर ढाडमुनिको भागमा चोट लागेपछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पताल पु-याउनु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)