असोज ३ देखि २८ वटा रात्रिकालीन बस चलाउने तयारी, भक्तपुरका पालिकालाई सुनिताको विशेष प्रस्ताव
clickmandu.com · Tue Sep 15 06:41:15 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहहरूलाई साझेदारीको प्रस्ताव गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गर्दै रात्रिकालीन यातायात सञ्जालमा जोडिन आग्रह गरेकी हुन् ।
काठमाडौं र ललितपुरका स्थानीय तहहरूको सहकार्यमा सञ्चालन भइरहेको सेवालाई अब भक्तपुरसम्म विस्तार गर्नुपर्ने माग बढेपछि महानगरले यस्तो पहल अघि बढाएको हो । गत वैशाख १ गतेदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)