कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
ratopati.com · Sat Jun 06 03:51:48 GMT 2026

नयाँ दिल्ली । कक्रोच जनता पार्टी (सिजेपी) ले आज आयोजना गर्ने भनिएको प्रदर्शनलाई मध्यनजर गर्दै भारतको राजधानी दिल्लीभर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले अन्तर्राष्ट्रिय इन्दिरा गान्धी (आईजीआई) विमानस्थल, दिल्ली प्रवेश गर्ने सीमाक्षेत्र, प्रमुख रेल स्टेसन, अन्तरराज्यीय बस टर्मिनल तथा छिमेकी राज्यसँग जोडिएका नाकाहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार प्रदर्शनका लागि कुनै औपचारिक अनुमति निवेदन प्राप्त नभए पनि सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाका आधारमा सुरक्षा तयारी तीव्र पारिएको हो । सम्भावित भीडभाड र कानून–व्यवस्थामा असर पर्न सक्ने गतिविधिलाई ध्यानमा राख्दै व्यापक सुरक्षा बन्दोबस्त मिलाइएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)