अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ
nepalpress.com · Sat May 30 12:06:25 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केहीको साथबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, अफिम तथा ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनजस्ता नियन्त्रित औषधिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका-१७ कालधाराबाट ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । त्यस्तै गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन गरी ६२ एम्पुलभन्दा बढी नियन्त्रित लागूऔषध तथा नगदसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)