सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित
ratopati.com · Mon Mar 17 18:36:00 GMT 2025

काठमाडौं । लैनचौस्थित अमृत साइन्स क्याम्पसमा मंगलबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । अर्को सूचना नभएसम्म चैत ५ गतेको पूर्व निर्धारित निर्वाचन स्थगित भएको भन्दै क्याम्पस प्रशासनले सूचना टाँस गरेको छ ।
निमित्त क्याम्पस प्रमुख आमे बहादुर बानियाँले जारी गरेको सूचनामा चैत ५ गतेदेखि क्याम्पसकोृ नियमित पठनपाठन हुने उल्लेख छ । चुनावको अन्तिम तयारीका दौरान केही विद्यार्थी संगठनले शर्तबमोजिम निर्वाचन हुनुपर्ने भनी तालाबन्दी गरेकामा पछि परिस्थिति विग्रिएर विद्यार्थी, निर्वाचन समिति र क्याम्पस प्रशासनको समेतको सुरक्षा चुनौती बढेको भन्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नु परेको कारण दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)