ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)
khabarhub.com · Tue Sep 15 06:45:14 GMT 2026

काठमाडौं – ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। बिहानैदेखि महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिरमा पुगेका छन्।
ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। विशेषगरी हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन महिलाहरूले स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)