विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो
nepalnews.com · Tue Jun 23 07:44:52 GMT 2026

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागगको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ