गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छाडियो
nepaltvonline.com · Fri Mar 29 23:43:07 UTC 2024

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउसो भेटिएको डल्फिनलाई स्थानिय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदिमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयो ।
केहि दिनदेखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानियले डल्फिनको खोजि गर्दे आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतिय नहर हुँदै सुर्यपुरा विद्युत गृहको बाँधसम्म आईपुगेको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)