दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति
Ujyaaloonline.com · Sat Mar 30 00:09:26 UTC 2024

काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको छ ।
गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समति गठन गर्नुभएको हो । समितिमा गृह मन्त्रालयका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहनुभएको छ । समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)