मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लाेकेश बमले शतक बनाए पनि नेपालकाे टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

Ujyaaloonline.com · Sat Mar 30 00:08:55 UTC 2024

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे ।

आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल 'ए' १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक बनाए । लाेकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ४९ रन बनाए । टाेलीले ६८ रनमा ३ विकेट गुमाएकाे अवस्थामा लाेकेश र आरिफले ४४ बलमा १ सय २१ रनकाे साझेदारी गरे । आयरल्यान्ड–उल्भ्सका फियाेन ह्यान्ड र म्याथ्यु हमफ्रेसले समान ३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)