श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने
Ujyaaloonline.com · Sat Mar 30 00:08:33 UTC 2024

काठमाण्डाै – वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन 'शिफ्ट' मा काम थालेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन 'शिफ्ट' मा सेवा दिन थालिएको हो । यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो । कार्यालयका ५७ जना कर्मचारीलाई आलोपालो गरी व्यवस्थापन मिलाइएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)