गाउँपालिका अध्यक्षसहित ३ जनप्रतिनिधि पदमुक्त
lokaantar.com

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारी, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल र जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन् । निर्वाचन आयोगले सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी कानून तथा नियमावलीअनुसार सम्बन्धित दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा निर्वाचित प्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)