‘वेलकम टु द जंगल’ मा सेन्सर बोर्डको कैँची
kalakarmi.com · Tue Jun 23 07:34:07 GMT 2026

मुम्बई– अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतीक्षित बलिउड फिल्म ‘वेलकम टु द जंगल’ प्रदर्शनअघि सेन्सर बोर्डको हस्तक्षेपमा परेको छ । भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्डले फिल्मलाई ‘यूए १६प्लस’ प्रमाणपत्र दिँदै १८ वटा दृश्य तथा संवादमा परिवर्तन गर्न निर्देशन दिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बोर्डले फिल्मका केही संवाद, शब्द तथा दृश्यलाई संवेदनशील, राजनीतिक तथा अनुपयुक्त ठहर गर्दै हटाउन वा परिमार्जन गर्न भनेको छ । यस क्रममा ‘कश्मीरका पानी’ र ‘देशकी टट्टी’ जस्ता संवाद पूर्ण रूपमा हटाइएको छ भने ‘गोरखा रेजिमेन्ट’ र ‘जनरल’ जस्ता शब्दलाई अन्य सामान्य शब्दले प्रतिस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)