अयोध्यास्थित राम मन्दिरमा सीईओ नियुक्त गर्न सिफारिस
aarthiknews.com

लखनउ । अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको दान रकम हिनामिना भएको आरोपबारे छानबिन गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी) ले आफ्नो प्रारम्भिक प्रतिवेदन उत्तर प्रदेश सरकारलाई बुझाएको छ। प्रतिवेदनमा घटनाबारे एफआईआर दर्ता गर्न, मन्दिर ट्रस्टको पुनर्गठन गर्न तथा कुनै वरिष्ठ सरकारी अधिकारीलाई मन्दिरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सिफारिस गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
लखनउ मण्डलका आयुक्त तथा एसआईटी अध्यक्ष विजय विश्वास पन्तले टोलीका अन्य सदस्यहरूसहित गृह विभागका अपर मुख्य सचिवलाई प्रारम्भिक प्रतिवेदन बुझाएका हुन्। यद्यपि, राज्य सरकारले छानबिन प्रक्रिया अझै जारी रहेको स्पष्ट पार्दै यो अन्तिम प्रतिवेदन नभएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)