"२ दशकपछि हेटौँडा कपडा उद्योग पुनः खुल्ने संकेत ! प्रधानमन्त्री बालेन शाहको विशेष निर्देशनमा ठुलो पुनर्जीवन योजना अघि बढ्यो"
barnanmedia.com · Tue Jun 23 07:50:09 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह को विशेष चासो र निर्देशनपछि दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढेको छ।
सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै नीतिगत तथा स्थलगत प्रक्रिया अघि बढाएको बताइएको छ। उद्योग सञ्चालनका लागि नेपाली सेनाको प्राविधिक सहयोग समेत लिने तयारी गरिएको छ।
हाल तत्काल पुराना मेसिन मर्मतका लागि करिब ३३ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ भने दीर्घकालीन रूपमा नयाँ मेसिनरीसहित उद्योग पुनः सञ्चालन गर्न करिब १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
यस योजनाले लामो समयदेखि बन्द रहेको सरकारी उद्योगलाई पुनः जीवन दिने मात्र होइन, रोजगारी सिर्जना र घरेलु उत्पादन प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह