नेपाल भित्रियो जीडब्लुएम ओरा ५ ईभी, के-के छन् विशेषता ?
nepalpress.com · Tue Jun 23 08:00:57 GMT 2026

काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) को बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘ओरा ५’ (ORA 05) नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भीजी इम्पेक्स प्रालिले काठमाडौँमा एक विशेष समारोह आयोजना गरी यो गाडी सार्वजनिक गरेको हो।
चीन र थाइल्यान्डपछि जीडब्लुएमले नेपाललाई ओरा ५ को अन्तर्राष्ट्रिय विस्तारका लागि महत्त्वपूर्ण बजारका रूपमा छनोट गरेको कम्पनीले जनाएको छ। ‘Designed with Intelligence, Shaped by Elegance’ अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षा मापदण्डहरू समावेश गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)