चितवनको देवनगरमा टाइगर स्याङ्क्चुअरी बनाउने तयारी, मानव–बाघ द्वन्द्व घटाउने सरकारको योजना
barnanmedia.com · Tue Jun 23 07:56:23 GMT 2026

चितवन । सरकारले चितवनको देवनगर क्षेत्रमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर स्याङ्क्चुअरी निर्माण गर्ने योजना अघि सारेको छ। मानव बस्तीमा समस्या सिर्जना गर्ने तथा घाइते अवस्थामा उद्धार गरिएका बाघहरूलाई सुरक्षित प्राकृतिक बासस्थान उपलब्ध गराउने उद्देश्यसहित यो योजना अगाडि बढाइएको हो।
सरकारका अनुसार परियोजनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै बाघ संरक्षणलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य राखेको छ। पछिल्लो समय बाघ बस्ती क्षेत्रमा प्रवेश गर्ने घटनाहरू बढ्दै गएपछि यस्ता बाघलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न स्याङ्क्चुअरी आवश्यक ठानिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)