सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा जोड
gorkhapatraonline.com · Tue Sep 15 07:12:03 GMT 2026

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन जोखिम पनि बढिरहेका बेला बाँकेको खजुरामा बालबालिका तथा युवालाई लक्षित गरी साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकाको समन्वयमा साइबर सुरक्षासम्बन्धी सो कार्यक्रम गरेको हो ।
युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धितालले कार्यक्रममा वडा स्तरीय बाल सञ्जाल, वडा स्तरीय किशोरी सञ्जाल र लियो क्लब खजुराका प्रतिनिधि तथा सदस्यहरू गरेर करिब ५० जना विद्यार्थी तथा युवाको सहभागिता रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)