उत्तरगयाका एक सय ६५ परिवारलाई पोखराको राहत[भिडियो]
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का एक सय ६५ परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।
महानगरपालिकाले ६ वटा ट्रकमार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहबरमा वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार करिब ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् । चामल, तेल, लत्ताकपडा, सिरक, डसना, चम्चादेखि खाना पकाउने कुकरसम्मका सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)