मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

kendrabindu.com · Sat May 30 12:34:10 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । “घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,” उनले भने, “सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)