२७ सय भेपसहित चार जना पक्राउ
lokaantar.com

अवैध विद्युतीय चुरोट (भेप)सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरि नगरपालिका-१६ सतुङ्गल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका-३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुरको च्यासल बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)