तरुण दल सिन्धुपाल्चोकले आकस्मिक बैठक बोलायो
reportersnepal.com · Tue Sep 15 07:25:11 GMT 2026

सिन्धुपाल्चोक । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आकस्मिक बैठक आह्वान गरेको छ। जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा हुने बैठक २०८३ साल भदौ ३१ गते बुधबार बिहान ८:३० बजे जोरपाटीस्थित पिस बैंक्वेटमा बस्ने भएको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, संगठनको सुदृढीकरण तथा आगामी जिल्ला अधिवेशनको तयारी लगायतका विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)