अमेरिकामा ‘पार्वती’ लाई दर्शकको साथ, सुरुवाती तीन दिन नै सबै शो हाउसफुल
kalakarmi.com · Tue Sep 15 07:25:31 GMT 2026

काठमाडौं- गत शुक्रवारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘पार्वती’ सुरुवाती तीन दिन नै हाउसफुल भएको छ। ‘द माया डिजिटल युएसए’ ले वितरण गरेको यस फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको उल्लेखनीय साथ पाएको छ।
सेप्टेम्बर ११ देखि अमेरिकाका सिनमार्क टिनसल्टोन रोचेस्टर साँझ ६ बजे, मार्कस पिकरिङटन सिनेमा साँझ ६ : २० मा, एप्पल सिनेमाज ह्वाइट प्लेन्स साँझ ६ : ३० बजे र सिनमार्क कुयाहोगा फलस् एण्ड एक्सडी दिउँसो १ : २५ बजे फिल्म प्रदर्शन भइरहेको छ। हल पुगेका नेपाली दर्शकहरूले फिल्मको कथावस्तुका साथै मुख्य अभिनेत्री नीता ढुङ्गाना र बालकलाकार अशोक दर्जीको अभिनयको उच्च प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)