जुम्लामा जंगलदेखि बस्तीसम्म भालु आतंक
nagariknews.nagariknetwork.com · Tue Jun 23 08:10:13 GMT 2026

बिहानको समय थियो। जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा दैनिकजस्तै भेडा–बाख्रा लिएर छल्लाटिया खोलातर्फको राष्ट्रिय वन पुगेका थिए। गाउँको सामान्य दैनिकी झैं त्यो दिन पनि सुरु भएको थियो, तर बिहान करिब ६ बजेतिर जंगलको शान्त वातावरण अचानक चिच्याहटले चिरियो। जंगलबाट निस्किएको भालुले एक्कासि सरचिनमाथि आक्रमण गर्यो।
दुर्गम जंगलमा भएको उक्त आक्रमणपछि उनी रगताम्य अवस्थामा ढले। घटना स्थल नजिक रहेका स्थानीयले चिच्याहट सुनेपछि मात्रै अवस्था थाहा पाए। स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झारज्वालामा खबर गरेपछि प्रहरी नायब निरीक्षक तारा केसीको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलतर्फ खटियो। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा सरचिनको उद्धार गरियो। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)