मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै पैसामा जहाजबाट जान्छु भन्दापनि विष्णु पौडेललाई प्रहरीले रोडबाटै काठमाडौं हिडायो

barnanmedia.com · Tue Jun 23 08:16:30 GMT 2026

काठमाडौँ । सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले रोडबाट नै काठमाडौँ तर्फ हिँडाएको छ । पौडेलले आफू सुगर प्रेसरको विरामी भएकाले विमानबाट आफ्नै पैसामा जाने अडान लिएका थिए । तर उनलाई सडकबाट नै ललितपुर ल्याइदै गरेको सुरक्षा निकायले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागस्रोतले जनाएको छ । यद्यपि हालसम्म ललितपुर प्रहरीलाई विभागले कुनै ताकेता नगरेको जिल्ला प्रहरी प्रमुख एसएसपी तुलबहादुर कार्कीले बताए । विभागस्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा ल्याइँदैछ । बाटोमा विश्राम र अन्य कारणले काठमाडौँ आइपुग्न समय लागेको हो । उनी हाल चितवन–धादिङको सडकतिर पुगेको स्रोतले जनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय