खर्क व्यवस्थापनका लागि स्पष्ट कानुन आवश्यक: सांसद साह
ratopati.com · Tue Sep 15 07:34:30 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी साहले सङ्घीय संरचना अनुसार खर्क तथा चरन क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग र नियमनको जिम्मेवारी कुन तहको सरकारमा रहने भन्ने स्पष्ट गर्न छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताएकी छन्।
नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनरुत्थान कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्ने विषयमा आयोजना गरिएको बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै उनले तीन तहका सरकारबिच कार्यसम्पादन र समन्वयका लागि स्पष्ट कानुनी आधार आवश्यक रहेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)