फिलिम–लार्केपास पदमार्ग नौ दिन बन्द हुने
gorkhapatraonline.com · Tue Jun 23 08:27:07 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिकाले फिलिम–लार्केपास पदमार्गअन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चड मार्गमा निर्माण कार्य गर्न नौ दिनसम्म आवतजावत बन्द हुने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजनाअन्तर्गत पदमार्ग स्तरोन्नति हुने भएकाले गाउँपालिका–३ झरना क्षेत्र र वडा नम्बर ५ को ड्याम क्षेत्रमा नौ दिनसम्म आवतजावत बन्द गरिएको हो।
पदमार्गको काम प्रभावकारी रूपमा सम्पन्न गर्न असार १० गतेदेखि १८ गतेसम्म पदयात्री र खच्चड आवतजावतमा पूर्ण रूपमा बन्द गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)