ठेक्कापट्टामा फेरि मिलेमतो र गुन्डागर्दी फर्किने खतरा
ajakoartha.com · Tue Sep 15 07:35:00 GMT 2026

काठमाडौँ - ठेक्कापट्टामा विद्युतीय खरिद प्रणाली (ई–जीपी)लाई विस्थापन गरेर फेरि कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयले बिगतको गुण्डागर्दी र मिलेमतोको विकृत अभ्यास दोहोरिने भन्दै बिरोध सुरु भएको छ । यस प्रक्रियाप्रति आपत्ति जनाउँदै उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद (ठेक्कापट्टा) प्रक्रियाको सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदका काममा पुरानै समस्या दोहोरिने बताएका छन् । उनले इ( बिडिङ्गलाई विश्वसनीय बनाउँदै लैजानु पर्नेमा सरकार पुरानौ प्रक्रियामा फर्किनु गलत भएको बताउएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, ‘ई–जिपी तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याऔँ र सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाऔँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)