दक्षिण अफ्रिका र ब्राजिलमा रहेका नेपाली दूतावास बन्द नगर्न एनआरएनए पूर्वकोषाध्यक्षको आग्रह
onlinekhabar.com · Sat May 30 12:59:35 GMT 2026

१६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णयमा दु:ख लागेको बताएका छन् । शनिबार एक अभिव्यक्ति दिँदै थापाले सरकारले बजेट भाषणमार्फत ती दूतावास बन्द गर्ने निर्णय गरेकामा दु:ख व्यक्त गरेका हसन् ।
‘ती दूतावासलाई दक्षिण– दक्षिण व्यापार, लगानी, व्यापार र आर्थिक अवसर सिर्जनाका आधार बनाउन सकिए नेपालको समृद्धिलाई टेवा पुग्थ्यो,’ उनले भनेका छन्, ‘दूतावास व्ययकेन्द्र मात्र होइन्, आयको अवसरका रूपमा लैजान सकिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)