७ वर्षमा पनि सकिएन मिनी रंगशाला
annapurnapost.com · Tue Jun 23 08:25:07 GMT 2026

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रंगशाला सम्झौता भएको सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा भएको चरम ढिलासुस्ती भएको भन्दै बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले निर्माण कार्यलाई तत्काल तीव्रता दिएर समयमै सम्पन्न गर्न निर्देशन दिएकी छिन्।
रंगशालाको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा उनले खेल पूर्वाधार विकास प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेकाले अब कुनै पनि बहानामा काम रोक्न नमिल्ने स्पष्ट पारेकी हुन्। ‘यो रंगशाला सिन्धुपाल्चोकका खेलाडीहरूको मात्र नभई समग्र जिल्लाको खेलकुद विकाससँग जोडिएको महत्वपूर्ण परियोजना हो,’ मन्त्री नेपालले भनिन्, ‘बाँकी कामलाई तीव्रता दिई छिटो सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय प्रदेश सरकारका तर्फबाट हुनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)