खर्क तथा चरन क्षेत्रका कानुनी अड्चन हटाउनुपर्छ : अध्यक्ष दाहाल
kendrabindu.com · Tue Sep 15 07:41:06 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन्।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आयोजना गरेको बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्र आर्थिक, पर्यावरणीय र रोजगारीका दृष्टिले महत्वपूर्ण रहेको बताए। उनले नेपालका कुल भूभागको १४.७ प्रतिशत जमिन खर्क तथा चरन क्षेत्रले ओगटेको तथ्यांक रहेको भन्दै यसको संरक्षण र उपयोगमा गम्भीर ध्यान दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)