मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'

ratopati.com · Tue Jun 23 08:37:11 GMT 2026

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिका र इरानबीच हालै भएको रूपरेखा सम्झौताको सफलता दुवै पक्षले गरेका प्रतिबद्धताहरूको सही र पूर्ण कार्यान्वयनमा निर्भर रहने बताएका छन् । सामाजिक सञ्जाल एक्समा मङ्गलबार पोस्ट गर्दै पेजेश्कियानले वार्ताको प्रभावकारिता दुवै पक्षले सहमति गरेका दायित्वहरूको पूर्ण पालना र व्यवहारिक कार्यान्वयनबाट मात्र मापन गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘वार्ताको सफलता सहमति भएका दायित्वहरूमा पूर्ण प्रतिबद्धता र तिनको सटीक कार्यान्वयनमा निर्भर गर्दछ । यस मार्गको प्रगति स्वीकार गरिएका जिम्मेवारीहरूको व्यवहारिक पालना कति भयो भन्ने आधारमा मूल्याङ्कन गरिनेछ । सहमतिपत्रबाहिर गरिएका अभिव्यक्तिहरूले वार्तालाई अगाडि बढाउन मद्दत गर्दैनन् ।’

सोमबार स्विट्जरल्यान्डमा भएको अमेरिका–इरान वार्तापछि दुवै पक्षले सकारात्मक संकेत दिएका थिए । तर इरानका आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः प्रवेश दिने विषयमा दुवै पक्षका भनाइ फरक–फरक देखिएका छन् ।

अमेरिकी अधिकारीहरूले निरीक्षकहरू चाँडै इरान फर्कन सक्ने संकेत दिएका छन् भने इरानले यस विषयमा कुनै नयाँ प्रतिबद्धता नगरेको बताउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)