मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउँदै सरकार
onlinekhabar.com · Tue Jun 23 08:37:42 GMT 2026

९ असार, काठमाडौं । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराएका हुन् ।
मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ