मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशभरि सुनचाँदीको कारोबार गर्ने प्रतिष्ठान संख्या २६ हजार

onlinekhabar.com · Tue Jun 23 08:31:26 GMT 2026

९ असार, काठमाडौं । नेपालभर बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने प्रतिष्ठान (सुनचाँदी पसल) २६ हजार ६५ वटा रहेको पाइएको छ ।

यो अन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर लिएर सञ्चालनमा रहेका प्रतिष्ठानको संख्या हो । विभागले बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने करदाताको सूची सार्वजनिक गरेको हो ।

बहुमूल्य वस्तुमा लाग्ने कर उपभोक्ताबाट संकलन गरी यी प्रतिष्ठानले तोकिएको समयमा विभागमा बुझाउँछन् । विभागले बहुमूल्य धातु तथा वस्तुका कारोबार सम्बन्धी आयात गर्ने २० वाणिज्य बैंकको नाम समेत सार्वजनिक गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय