ओलीको उपस्थितिमा च्यासलमा एमाले संसदीय दलको बैठक
lokaantar.com

नेकपा एमालेको संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा संसदीय दलको बैठक मंगलबार दिउँसो बस्न लागेको हो ।
संसदीय दलको बैठकमा उपस्थित हुने अध्यक्ष ओली केहीबेरअघि पार्टी कार्यालय च्यासल पुगिसकेका छन् ।
बैठकमा संसद्मा पार्टीले निर्वाह गरिरहेको भूमिका र आगामी रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
अध्यक्ष ओलीले सांसदहरूलाई महत्त्वपूर्ण निर्देशन दिनेछन् ।
एमालेले मंगलबार नै सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक भने साँझ ६ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको भोलिपल्टै एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)