सफा सहर’को साख जोगाउन कठिन
barnanmedia.com · Tue Jun 23 08:34:10 GMT 2026

धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्नुहुन्छ, “गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ । त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरमा बालबालिका बिरामी पर्ने जोखिम उच्च छ । कहिले फोहर जलाएको धुवाँले त कहिले दुर्गन्धले गर्दा बाटोमा हिँडिसक्नुहुँदैन ।” पहिले ‘सफा हरित सहर’ भनेर चिनिने धरानमा अहिले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।
उपमहानगरपालिकाले यसको दीर्घकालीन समाधान बेलैमा खोज्नु आवश्यक छ । उहाँले भन्नुभयो, “कुनै समय मुलुककै सफा, सुन्दर र व्यवस्थित सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकामा अहिले फोहरमैला व्यवस्थापनको सङ्कट चुलिएको छ । धरानबाट दैनिक रूपमा सङ्कलन हुने फोहरको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा वातावरणीय प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)