मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानीघट्ट: इतिहास जोगाउँदै चित्रमाया

gorkhapatraonline.com · Sat May 30 13:10:21 GMT 2026

उत्तरी म्याग्दीको नारच्याङमा रहेको परम्परागत पानीघट्टले पुरानो इतिहास मात्रै जोगाएको छैन, स्थानीयका लागि उपयोगी सेवा र एक परिवारको स्वरोजगारको भरपर्दो आधारसमेत बनेको छ । नारच्याङकी चित्रमाया पुर्जाले जिजुबाजेहरूको पालादेखि सञ्चालन हुँदै आएको रैथाने घट्टलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल हुनुभएको छ । समयक्रममा हराउन लागेको उक्त घट्टलाई संरक्षण मात्र नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनः निर्माण गरिएको उहाँ बताउनुहुन्छ ।

“यो पेसा अङ्गाल्दा जनतालाई पनि फाइदा भएको छ र हाम्रो परिवारलाई पनि राम्रो गर्जो टरेको छ । एक प्रकारले भन्नुपर्दा यसले मलाई गाउँमै स्वरोजगार बनाएको छ,” चित्रमायाले आफ्नो अनुभव सुनाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)