हिमाली नदीमा बाढीको जोखिमलाई बेवास्ता नगर
baahrakhari.com · Tue Sep 15 07:52:06 GMT 2026

भोटेकोसी हिमाली सुनामीको महाविध्वंसपछि हिमनदीहरूको अवस्था र जोखिमको विषयमा पुनः विश्वभर बहस सुरु भएको छ । हिमालबाट उत्पन्न नदी क्षेत्रका बासिन्दाबाहेक अरूका निम्ति यो बहस बौद्धिक विलासको विषयमा सीमित हुनसक्छ । हिमाली नदीका तटीय क्षेत्रका बासिन्दाहरूका लागि भने यो जीवनमरण र अस्तित्वकै विषय हो ।
निकै पहिलेदेखि नै जोखिमपूर्ण भनिएको छो रोल्पा हिमताल फुट्यो भने त्यसले तामाकोसी क्षेत्रमा रहेका बस्ती र संरचना ध्वस्त बनाउन सक्ने भन्दै सरोकारवालाहरूले पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन माग गरेका छन् । भोटेकोसी बाढीले कोसीका अरू सहायक नदीहरूलगायत काली गण्डकी, बूढीगण्डकी, मर्स्याङ्गदीजस्ता हिमाली नदीका किनारमा रहेका बस्तीका बासिन्दा पनि झस्केका हुनुपर्छ । विशेषगरी नदीमा बाँध बनाएर जलविद्युत् निकालिएका क्षेत्रका बासिन्दा बढी जोखिममा जो देखिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)