गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
ratopati.com · Tue Jun 23 08:43:23 GMT 2026

पोखरा । पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीको सुमुसाघाट मोटरेबल पुल २०७७ कात्तिक ३ गते निर्माण सम्झौता भयो । ३० महिनाभित्र काम सक्नुपर्ने यो पुल बनाउन १४ करोड १८ लाख १ हजारमा सम्झौता भएको हो । हालसम्म १ करोड ४२ लाख ७४ हजार भुक्तानी भैसकेको यो पुलमा भौतिक प्रगति साढे ७ प्रतिशत मात्रै छ ।
ठेकेदार कम्पनीले २ करोड ४६ लाख ९० हजार पेस्कीस्वरुप बुझिसकेको छ । निर्माणको काम अलपत्र परेपछि सरकारले बैंक जमानत जफत गर्न प्रयास गरेको थियो । तर बैंकले रकम नदिएपछि आयोजना पूर्णतः अलपत्र र जोखिममा परेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेशमा मात्र यस्ता आयोजना २० वटा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)