काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि
onlinekhabar.com · Tue Jun 23 08:40:02 GMT 2026

९ असार, काभ्रेपलाञ्चोक । काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि भएको छ । बनेपा नगरपालिका–१३ साँगामा बद्री खत्रीले सञ्चालन गरेको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिका–७ स्थित सुकुमवासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार साँगास्थित लेयर्स कुखुरा फार्ममा एक हजार ६५० कुखुरा तथा पनौतीमा हाँस र स्थानीयले पालेको लोकल कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)