"विष्णु पौडेललाई माइक्रोमा काठमाडौँ ल्याइयो, लगत्तै पुर्याइयो सम्पत्ति शुद्धीकरण विभाग"
barnanmedia.com · Tue Jun 23 08:38:40 GMT 2026

पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल लाई पक्राउपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायीसँग भएको शंकास्पद आर्थिक कारोबार सम्बन्धी विषयमा सोधपुछका लागि उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको बताइएको छ। विभागको सिफारिसपछि पक्राउ गरिएका पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।
सोमबार राति काठमाडौं पुर्याइएका उनलाई केहीबेरअघि विभागमा लगेर बयान प्रक्रिया सुरु गरिएको स्रोतले जनाएको छ। घटनाले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ भने अनुसन्धानको दिशा र निष्कर्षलाई लिएर व्यापक चासो बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ