बोराभित्र पोको पारेकाे भेटियो महिलाकाे शव, पहिचानका लागि प्रहरीको आग्रह
barnanmedia.com · Sat May 30 13:12:55 GMT 2026

झापाको दमक नगरपालिका–१० सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बगेको पानीमा एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबार बिहान करिब ११ बजे उक्त शव फेला परेको हो। शव नाम, थर, वतन नखुलेकी, अन्दाजी ३०–३२ वर्षीया महिलाको रहेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा करिब २–३ दिनअघि मृत्यु भएकी जस्तो देखिने प्रहरीको अनुमान छ।
बोराभित्र पोको पारेको अवस्थामा भेटियो शवप्रहरीका अनुसार उक्त शव रातो भेष्ट लगाएको अवस्थामा सेतो प्लास्टिकको बोराभित्र पोको पारेर फालिएको जस्तो अवस्थामा भेटिएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिई घटनास्थलको सूक्ष्म अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)