३ केजी थाई गाँजासहित सोह्रखुट्टेबाट तीन जना पक्राउ
ratopati.com · Tue Sep 15 07:59:47 GMT 2026

काठमाडौँ । थाइल्याण्डबाट ल्याएको गाँजा सहित लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँको सोह्रखुट्टेबाट ३ जनालाई पक्राउ गरेको छ ।
म्यानमार घर भएकी २९ वर्षीया जिन जिन फ्यो ले क्याथे प्यासिफिकको उडान मार्फत भियतनाम हुँदै हङकङ घुमाएर गाँजा ल्याएकी हुन् । भदौ २८ मा विमानस्थलबाट फलो गरेर उनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । प्रहरीले उनले ल्याएको ३ केजी गाँजा बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)