वार्नरले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने
gorkhapatraonline.com · Tue Sep 15 07:57:30 GMT 2026
काठमाडौँ, भदौ ३० गते। विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ। अस्ट्रेलियाका वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउनुहुनेछ।
एनपिएल खेल्न आउने विदेशी खेलाडीमध्ये उहाँ अहिलेसम्मकै ठुला नाममध्ये एक हुनुहुन्छ। अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी हुनुहुन्थ्यो। सन् २०२१ को टी–२० विश्वकपमा उहाँ ‘प्लेयर अफ द सिरिज’ चुनिनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)