हङकङमा ‘रोड टु एभरेस्ट’ : सगरमाथा सौन्दर्यदेखि जलवायु संकटसम्म
ratopati.com · Tue Sep 15 08:01:26 GMT 2026

काठमाडौँ । सगरमाथा आरोहणको सपना, संघर्ष र सफलताको कथा प्रस्तुत गर्ने नेपाली डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’को हङकङमा विशेष प्रदर्शनी गरिएको छ । हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा ‘रोड टु एभरेस्ट’ हेर्न हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी र इन्डोनेसियाली दर्शकहरूको उल्लेख्य उपस्थिति थियो ।
सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले डकुमेन्ट्रीको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरे । प्रिमियरमा हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोहीहरुको पनि सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)