रसुवागढी नाका बन्दः कैलाश मानसरोवर यात्राका लागि तातोपानी र हिल्सा नाकामा यात्रुको चाप
kalakarmi.com · Tue Sep 15 08:01:34 GMT 2026

काठमाडौं– रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने–आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पुर्याएपछि यात्रुले सिन्धुपाल्चोकको तातो पानी तथा हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन् ।
अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी नाकाबाट ३ हजार ९०४ जना नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेमा १ हजार ७३३ जना महिला छन् । सोही अवधिमा तातोपानीहुँदै ३९१ जना नेपालबाट चीनतर्फ प्रस्थान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)