भारतबाट ४५३ नेपालीको उद्धार
gorkhapatraonline.com · Sat May 30 13:23:46 GMT 2026

भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो । रूपन्देहीको प्रहरी प्रमुख (एसपी) जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)