बसको ठक्करबाट तनहुँमा पैदलयात्रीको मृत्यु
nepalviews.com · Sat May 30 13:20:45 GMT 2026

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो क्रस गर्ने क्रममा पैदलयात्री ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)