नेपाली किशोरी टोलीले गर्यो जितको प्रभावशाली शुरुवात
thahakhabar.com
बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले शानदार शुरुवात गरेको छ। ढाकामा जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली शुरुवात गरेको हो।
किशोरी टिमले फराकिलो जित निकाल्ने क्रममा भुटानविरुद्ध गोल वर्षा गरेको थियो। नेपालका लागि वर्षा ओलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरिन्। शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरेकी थिइन्। १० खेलाडीमा समेटिएको भुटानविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)